कुमारी बैंकको २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले विभिन्न पाँच जना संस्थापकहरूको नाममा रहेको दुई लाख २३ हजार ४५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन
। 

इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको शेयर रजिष्ट्रार वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । 

शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

साथै, तोकिएको समयभित्र संस्थापकबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने पनि बैंकले जनाएको छ । 

Advertisement