हिमालयन बैंकको १५.५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। 

बैंकले विभिन्न शेयरधनीको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता शेयर बिक्रीमा राखेको हो । 

Advertisement

शेयर खरिदका लागि हाल बैंकका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । 

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानुन विभागमा निवेदन दिनुपर्नेछ ।

शेयरको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले मूल्यको जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ ।

तोकिएको समभित्र संस्थापकबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Advertisement