भीमफेदी कार दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या तीन पुग्यो, दुई घाइते

Advertisement

काठमाडौं । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ । 

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका ८ स्थित बेलुवाका २५ वर्षीय अर्जुन नेपाली र निजका तीन महिने छोरी अजिता भित्रीकोटी रहेका छन् । नेपालीलाई उपचारका लागि बुधबार राति ७ः४० बजे हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थियो ।

यस्तै, दुर्घटनामा परी मृत्यु भएका कारका चालकको पहिचान नखुलेको प्रहरीको भनाइ छ । तीन वटै शव हेटौँडा अस्पतालमा रहेको छ ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नं।को कार बुधबार दिउँसो ४ः३० बजे आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनुभएको मनहरी गाउँपालिका ८ स्थित बेलुवाकी २३ वर्षीया सरिता परियार र चितवन जिल्ला राप्ती नगरपालिका १ स्थित लोथरकी ३५ वर्षीया सानोकान्छी तामाङ मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवै जनाको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

सडकबाट करिब २५० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको सूचनापछि इलाका प्रहरी कार्यालय, भीमफेदीबाट गएको प्रहरी टोलीले कारमा सवार दुई जना महिला, दुई जना पुरुष र एक बालिकालाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाएको थियो ।

Advertisement

Advertisement