नेपाल र अमेरिकाबीच वार्मअप खेल आज

Advertisement

काठमाडौं । आईसीसी टी–२० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दैछ ।

दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

Advertisement

खेल राति सवा ९ बजेबाट शुरु हुनेछ ।

नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो ।

आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदैछ ।

टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् ।

Advertisement

Advertisement