नाफिजको आयोजनामा पोस्ट बजेट अन्तरक्रिया कार्यक्रम सुरु

Advertisement

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पोस्ट बजेट’ अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । 

सरकारले मंगलबार आगामी आव २०८१–८२ को वार्षिक बजेट संघीय संसद्को दुवै सदनमा पेश गरेको थियो ।

Advertisement

सोही बजेटमा समावेश भएका विषयमा केन्द्रित रहेर नाफिजले बिहीबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा अर्थमन्त्री वर्षमान पुन प्रमुख अतिथि रहेका छन् । यसैगरी सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला, अर्थविज्ञ र आर्थिक पत्रकारहरू अन्तरक्रियामा सहभागी छन् । 

अन्तरक्रियाले बजेट कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा नाफिजले गरेको छ ।

Advertisement