हिमालयन एभरेस्टमा रोजगारको अवसर, यसरी दिनुहोस् आवेदन

Advertisement

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

कम्पनीले हेल्थ असिस्टेन्स र आईटी अफिसर पदमा केही कर्मचारी माग गरेको हो । 

Advertisement

हेल्थ असिस्टेन्सका लागि कम्तीमा आईटी/कम्प्युटर साइन्समा डिप्लोमा उत्तीर्ण वा सोसरहको योग्यता हुनुपर्नेछ । अनुभवीलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । 

त्यस्तै, आईटी अफिसरका लागि आईटी/कम्प्युटर साइन्सका लागि प्रतिष्ठित विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । 

इच्छुक र योग्य उम्मेदवारले असार ७ (जुन २१) सम्म आवेदन दिन सक्नेछन् । पारिश्रमिक तथा सेवासुविधा कम्पनीको नियमानुसार हुने कम्पनीले जनाएको छ । 

आवेदन [email protected] मा दिन सकिनेछ । 

undefined

Advertisement

Advertisement