चन्द्रमाबाट पनि देखिने चीनको द ग्रेटवाल (फोटोफिचर)

Advertisement

काठमाडौं । चीनलाई विश्वले चिनाएको/चिनेको र चीनले विश्वलाई चिनाएको एउटा ऐतिहासिक र पुरातात्त्विक धरोहर हो चीनको द ग्रेटवाल ।

चन्द्रमाबाट पनि देख्न सकिने र देखिने बताइएको ग्रेटवाल चीनको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हिस्सा हो । यो ग्रेटवाल घुम्न आउने पर्यटकका लागि मात्र होइन, चीनको इतिहास र इतिहाससँग जोडिएको कुराहरू पनि सँगै बताइरहेको छ ।

Advertisement

यसले कसरी चीन हिजोबाट आजसम्म आइपुग्यो र विश्वको दोस्रो शक्तिशाली राष्ट्र बन्यो भन्ने कुरा पनि देखाउँछ । यसको संरक्षण, विकास र यसबाट चीनको आम्दानीमा जोडिएको हिस्सा नगण्य होला । तर विश्वले चीनलाई चिन्ने पहिलो माध्यम ग्रेटवाल नै हो । हुन त यो निर्माणका समयमा लाखौँ मजदुरले ज्यान गुमाएको कुरा पनि छ । ती मजदुरलाई यही ग्रेट वालको पर्खालभित्र दबाइएको भन्नेहरू पनि छन् ।

null

तर, इतिहास आज ती मजदुरहरूको योगदान सँगसँगै यसले पर्यटन प्रवर्द्धनमा पुर्याएको र चीनको आय आर्जनमा पुर्याएको महत्वपूर्ण योगदानका लागि सम्झिरहन्छ ।

यो कयौँ वर्ष लगाएर तत्कालीन अवस्थामा शत्रुबाट बच्न बनाइएको पर्खाल हो । तर आज यो पर्खाल विश्वमा चीनलाई चिनाउने माध्यम बनेको छ । यो पर्खालको एक छेउबाट अर्को छेउमा लगातार हिँड्दाखेरी २ वर्ष लाग्ने अनुमान गरिन्छ । यो कहाँबाट शुरु भएर कहाँ गएर अन्त्य भएको छ भन्ने कुरा भेट्टाउनै मुस्किल छ । जहाँ सबल र हिँड्न लायक संरचना छ, त्यो मात्रै हिँड्नलाई पनि दुई वर्ष लाग्ने अनुमान छ । त्यो देखि बाहेक बाढी, पहिरो र विभिन्न विपत्तिका कारण बीचमै हराइएका र मेटिएका ठाउँहरू पनि छन् ।

null

यदि ती सबैलाई जोड्ने हो भने यो निकै लामो छ । यो तत्कालीन अवस्थामा कसरी निर्माण भयो रु यो एउटा रहस्य पनि हो । र सहजै अनुमान गर्न सकिँदैन । तर यो मानव निर्मित हो । त्यसैले गर्दा मानिसले चाहँदा जेसुकै पनि हुनसक्दो रहेछ भन्ने ग्रेटवाल निर्माणबाट प्रमाणित हुन्छ । चीनतिर फर्किएर हेर्दा चीनले विगत २० वर्षमा गरेको उन्नति र प्रगति पनि मानिसले चाहे जे पनि हुनसक्छ भन्ने देखाउँछ ।

null

null

null

null

null

null

Advertisement

Advertisement