विश्वकप क्रिकेट अवधिभर एलजी टिभी किन्दा ४० प्रतिशतसम्म क्यास ब्याकलगायतका अफर

Advertisement

काठमाडौं । जारी आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेटको अवसरमा एलजी ब्राण्डले ४० प्रतिशतसम्म क्यास ब्याक दिने भएको छ । 

‘खेल्छ नेपाल, घर घरमा’ भन्ने नारासहित ब्राण्डले एलजीका टिभी किन्दा ४० प्रतिशतसम्म क्यासब्याक र एक वर्षसम्मका लागि एक वर्षको दुर्घटना बीमा, फ्रि डेलिभरी र निःशुल्क एलजी सर्टिफाई स्ट्याण्डर्ड इन्स्टलेसनको योजना ल्याएको हो ।

Advertisement

नेपालका एलजीको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको सीजी इम्पेक्स प्रा.लि. रहेको छ । कम्पनीले हाल नेपालमा एलजीका ३२ देखि ८६ इन्चसम्मका सात प्रकारहरु बिक्री गर्दै आएको छ जसको मूल्य विश्वकप बिक्रेट अवधिको लागि ३० हजार ७९० देखि छ लाख ४९ हजार ९९० रुपियाँ निर्धारण गरिएको छ। 

एलजीले आफ्ना प्रत्यक टिभिमा तीन वर्षको वारेन्टी दिएको सिजी इलेक्ट्रोनिक्सका सहायक महाप्रवन्धक सन्देश भुर्तेलले जानकारी दिए । उनले भने, ‘विश्वकपको अवसरमा हामीले भारी छुट र विभिन्न अफर ल्याएकै छौं । तर किस्ताबन्दीमा टिभी किन्न चाहनेका लागि पनि हामीले विभिन्न बैंकसँग सम्झौता गरेका छौं ।’ 

कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै नबिल बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक लगायतसँग सम्झौता गरेको हो ।किस्ताबन्दीको सुविधा लिन नजिकको बिक्रेताहरुसँग सम्पर्क गर्न सकिने भन्दै भुर्तेलले किस्ताबन्दीको सुविधा लिएबापत ग्राहकले कुनै पनि प्रकारको ब्याज तिर्नुनपर्ने बताए ।

undefined


 

Advertisement

Advertisement