सार्वजनिक लेखासहित चारवटा संसदीय समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । आज एकैपटक चारवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति,    
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा विद्युतीय व्यापार विधेयक,२०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ । 

Advertisement

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीका सम्बन्धमा  छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै सार्वजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । 

बैठकमा हालसम्मको बेरुजु, बेरुजु फछ्र्यौटको अवस्था, समस्या र समाधानलगायतका विषयमा अर्थ मन्त्रालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयसँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

 

Advertisement

Advertisement