नेप्से उचालिएसँगै बढ्यो कारोबार, जलविद्युत कम्पनीमा झुम्मिए लगानीकर्ता

Advertisement

काठमाडौं । शेयर बजारमा सुधार आउँदा आज साढे ५ अर्बको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.९० अंकले बढेको हो । ०.४२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८२.०९ अंकमा उक्लिएको छ । 

Advertisement

आज समग्रमा बजार बढे पनि बैंकिङ, होटल, जीवन बीमा र म्युचुअल फण्ड क्रमशः ०.०२, ०.९३, ०.२४ र ३.७४ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी हाइड्रो २ प्रतिशतले बढेको छ । 

undefined

आज ३१४ कम्पनीका १ करोड १६ लाख ३४ हजार ६ सय १८ कित्ता शेयर किनबेच हूँदा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७ सय ८२.२८ रुपियाँ बराबरको कारोबार भएको हो । 

विभिन्न ४ कम्पनीका लगानीकतर्ताहरुले ९ प्रतिशतल  बढी नाफा कमाएका छन् । कुथेली बुखरी हाइड्रो, त्रिशुली जलविद्युत, पिपुल्स पावर र मोलुङ हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९ र ९.४९ प्रतिशतले नाफा कमाएका छन् । 

आज बजार ८.९० अंकले बढेको हो । ०.४२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८२.०९​ अंकमा उक्लिएको छ । 

त्यस्तै जानकी फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.६७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४१ करोड ८७ लाख ६३ हजार २ सय ६ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार बजार ४.५९ प्रतिशतले घट्दा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५ सय २२.४४ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement