पातपतिङ्गर बेचिरहेको भन्ने आरोपबारे यसो भन्छन् श्रीकेशका उत्पादक

Advertisement

काठमाडौं । सप्तऋषी आयल एण्ड कस्मेटिक इन्डिस्ट्रिजले सरकारको मापदण्डमा रहेरै आयूर्वेदिक तेल उत्पादन गरेको दावी गरेको छ । 

सामाजिक संजालमा सप्तऋषीको श्रीकेश तेलले कुनैपनि सकारात्मक परिणाम नदिने र आयूर्वेदिक तेलको नाममा पात पतिङ्गर बेचिरहेको भन्ने आरोप आएपछि कम्पनीले यो तेल विभिन्न प्रकारको रिसर्च गरेरमात्र तयार गरिएको दावी गरेको हो । 

Advertisement

यो तेल बनाउन प्रयोग गरिएको जडिबुटीले कपाल झर्नबाट रोक्ने र बिग्रेको कपाललाई पोषण दिने कम्पनीका कार्यकारी निर्देशक टिकाराम बुढाथोकीले बताए । यो तेलमा नेपालमै उत्पादित ३२ प्रकारको जडिबुटी प्रयोग गरिएको र यसबाट नेपाली जडिबुटी उत्पादक किसानलाई प्रत्यक्ष फाइदा पुगेको उनको दाबी छ। 

त्यस्तै सरकारले जग्गा उपलब्ध गराएको खण्डमा कम्पनीले देशको हिमाल, पहाड र तराईमा जडिबुटी उत्पादन गर्ने योजनाा बनाएको उनले जानकारी दिए।त्यस्तै, चर्चित कलाकार राजेश हमाल जितु नेपाल लगायतलाई पैसा दिएर प्रचार गर्न लगाएको आरोपलाई खण्डन गर्दै बुढाथोकीले उपहारको रुपमा दिएको दाबीवी गरे । 

Advertisement

Advertisement