बजेटले कति बढाउला टाटा टियागो इभीको मूल्य ?

Advertisement

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामीआर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) को करको दरमा हेरफेर गरेका छन् ।आर्थिक वर्ष २०८०–८१ मा विद्युतीय गाडीको भन्सार मोटर क्षमताअनुसार १० देखि ६० प्रतिशतसम्म र अन्तःशुल्क शून्यदेखि ६० प्रतिशतसम्म थियो ।

अर्थमन्त्री पुनले यो दरलाई परिमार्जन गर्दै मोटर क्षमता अनुसार भन्सार १५ देखि ८० प्रतिशत र अन्तःशुल्क न्यूनतम् ५ प्रतिशत देखि ५० प्रतिशतसम्म कायम गरेका छन् । भन्सार दर र अन्तःशुल्क परिमार्जन भएपनि अधिकांश आयातकर्ता कम्पनीले नयाँ मूल्यसूची प्रकाशित गरेका छैनन् । 

Advertisement

यो अवस्थामा मध्यम वर्गीयको रोजाइमा रहेको टाटा टियागो इभीको मूल्य कती बढ्ला भन्ने धेरैको चासो छ । हालसम्म नयाँ मूल्यकोबारे निर्णय नभएको टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङकी मार्केटिङ म्यानेजर अभिरुची गिरिले जानकारी दिइन् । 

‘अहिलेसम्म आन्तरिक छलफलमै छौं । टियागो इभी मध्यम आय भएकाहरुको रोजाईको गाडी भएकाले सकेसम्म ग्राहकलाई धेरै भार नपर्ने गरी योजना बनाईरहेका छौं,’ उनले भनिन् । 

कम्पनीले टियागोको मूल्य २ लाखदेखि २ लाख ५० हजारसम्म बढाउने तयारी गरेको कम्पनी निकट स्रोतले जनाएको छ । बजेटले यो सेग्मेन्टका गाडीमा १३ देखि १४ प्रतिशत फरक पार्ने भएकाले कम्पनीले सोही अनुसार मूल्य वृद्धी गर्ने तयारी गरेको हो । 

हाल नेपालमा टियागो इभीका ३ वटा भेरिएन्ट उपलब्ध छन् । बजेटअघि टियागो इभी एक्सटीको २६ लाख ४९ हजार, एक्सजेड प्लसको २७ लाख ९९ हजार र एक्सजेड प्लस टेक लक्जरीको २८ लाख ९९ हजार थियो ।

Advertisement

Advertisement