राशिफलः आज (जेठ २९) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल जेठ महिनाको २९ गते मंगलबार, ज्येष्ठ शुक्लपक्षको पञ्चमी तिथि ।

मेष 
अरुले तपाई प्रति गर्ने विश्वासमा कमि आउने छ । बाध्यात्मक कदमका कारण आफैले गरेका बाचा र बचनहरु पुरा गर्न निकै कठिन हुने छ । व्यक्तित्व भने चलाख खालको नै रहने छ । यात्रामा मन रम्ने छ । मित्रहरुका बीचमा प्रोत्साहन मिल्ने छ । पारीवारिक जीवनमा कठिनाईहरुको अवस्थाबाट गुज्रनु पर्ने छ । नयाँ नयाँ सामान खरिद गर्ने समय रहेको छ । शेयर बजारबाट केही लाभ मिल्ने छ ।

Advertisement

वृष
उदासिन व्यक्तित्वले गर्दा अरुले पनि विश्वास गर्न कठिन मान्ने छन् । बाणिको प्रभाव न्युन हुँदै जाने भएकाले यसको संवेदनशिलताबारे ध्यान दिनुहोला । जीवनसाथिको साथका कारण जीवनका कठिन क्षणहरुमा पनि मद्धत मिल्ने छ । पेशागत जीवनमा सृजनशिलताको अभाव हुने छ । कमाईमा गिरावट आउने छ । शेयर बजार सहज रहने छ ।

मिथुन 
सुरोपनमा धेरै बृद्धि देखिने हुँदा कडा खालको निर्णयहरु लिने अवस्था आउने छ । कमाईमा बृद्धि हुँदा अलि घमण्डिपनाले सताउने छ । लिइएका लक्ष्यहरु पुरा हुने क्रममा जाने छन् । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । कडा खालको बोली हुने भएकाले झैझगडाको भने खतरा हुने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

कर्कट
निर्णय लिनका लागि असाध्यै डर लाग्ने छ । दुविधात्मक सोचले गर्दा व्यक्तित्वमा पनि अन्योलता देखा पर्ने छ । पेशागत जीवनमा सहजताको प्रतिक्षा गरि निरन्तरता दिँदै अघि बढ्ने प्रयास गर्नु नै अहिलेका लागि ठिक हुने छ । भइराखेको आम्दानीमा बृद्धि नभए पनि पैतृक सम्पत्तिका कारण केही राहत भने मिल्ने छ । शेयर क्षेत्रमा सुधार आउने छ ।

सिंह
जोखिमपूर्ण कामहरुमा हात हाल्न मन लाग्ने छ । र केही सफलताहरु पनि प्राप्त हुने छ । आर्थिक अवस्था अनुकुल रहने छ । दृढ खालको मानिस हुने भएकाले अरुलाई समेत समेटेर लैजाने क्षमता हुने छ । नेतृत्वदायी क्षमतामा निखारता आउने छ । साझेदारीका विषयहरुमा भने सचेत रही निर्णय लिनु होला । शेयर क्षेत्र शुभ रहने छ । 

कन्या
यौन जीवनमा कमजोरी देखिने र आरोप खेप्नु पर्ने खतरा रहेकाले संयमित रहनु होला । कमाईमा बृद्धि हुने छ । पेशागत जीवनमा सुधार आउने छ । दृढ खालको व्यक्तित्व हुने छ तर त्यो कडा खाले स्वाभावको हुने छ । परिवारका सदस्यहरुमा केही सुमधुरता आउन थाल्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

तुला
पेशा व्यावसायमा सन्तोष मिल्ने छ । निन्द्रामा समस्या देखिँदा मानसिक दबाब उत्पन्न हुने छ । मनमा दुविधाको चक्रले घेर्ने छ । सामाजिक रुपमा कदर प्राप्त हुने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । सवारीसाधन सम्बन्धि विषयमा सतर्क रही यात्रा गर्नु होला । शेयर क्षेत्र सकारात्मक दिशामा विद्यमान रहने छ । 

वृश्चिक
सुख दुःखमा पनि सकारात्मक सोच राख्ने व्यक्तित्व बन्ने छ । भगवानमाथि विश्वास गर्ने मात्रामा बृद्धि हुने छ । परिवारमा सुमधुरताको आभाष रहने छ । पेशागत जीवनमा नयाँ नयाँ क्षेत्रको विश्वास आर्जन गर्न सकिने छ । आर्थिक अवस्था अपेक्षाकृत शुभ रहने छ । नयाँ नयाँ मानिसहरुसँग भेटघाट हुने र सहकार्य गर्ने अवसर मिल्ने छ ।  शेयर बजार शुभ रहने छैन् ।

धनु 
समय संयमित रही अघि बढ्नु होला । झैझगडा र बादबिबादमा फस्ने भन्दा त्यसबाट जोगिनु नै ठुलो कुरा हुने छ । व्यक्तित्वमा गिरावट आउने छ । आर्थिक अवस्थामा केही कठिनाईको सामना गर्नु पर्ने छ । पेशागत जीवनमा राहतको अनुभूति हुने छ । सकारात्मक बोलीको शैलीले गर्दा आफ्ना अनुयायीहरुको विश्वास बढ्ने छ । शेयर क्षेत्रमा धेरै उत्साही नहुनु होला ।

मकर 
शौखिन खालको व्यक्तित्व हुने भएकाले पैसा धेरै खर्च गर्न मन लाग्ने छ । अरुको आत्मसम्मानलाई त्यत्ति ख्याल नगर्ने सोचको व्यक्तित्व हुँदा अरुले निष्ठुर बुझ्ने छन् । चलाख खालको सोचाइमा भने विकास हुने छ । भित्रि मनमा भने लद्युताभाषको भाषले सताउने छ । पेशागत जीवनमा उल्झनहरुको सामना गर्नु पर्ने छ । शेयर क्षेत्र औसत रहने छ ।

कुम्भ 
भाग्यले साथ दिएको छ । चलाखीपनामा पनि बृद्धि हुने छ । बौद्धिकता दायरामा फराकिलोपना आउने छ । पेशागत जीवनमा भने चुनौतिहरुको सामना गरि अघि बढ्नु पर्ने छ । विभिन्न खाले आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । परिवारमा द्वन्दहरु देखा पर्ने छ । शेयर क्षेत्र औसत प्रकृतिको नै रहने छ ।

मीन
आफुलाई बढि मुल्यांकन गर्ने र अरुलाई कम मुल्यांकन गर्ने स्वाभाव हुने छ । बोलीमा कटुताको बृद्धि हुँदा अरु मानिसहरुले त्यत्ति प्रिय मान्ने छैन् । पेशागत जीवन सम्मुनत नबने पनि निरन्तर रहने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुँदा अरुले हेप्न सक्ने छैनन् । शेयर क्षेत्र मध्यम खालको रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement