मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार विमान  बेपत्ता

Advertisement

काठमाडौं । दक्षिणपूर्व अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार विमान  बेपत्ता भएको छ ।

राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा उपराष्ट्रपति सौलोस क्लोस चिलिसहितका व्यक्ति सवार विमान बेपत्ता भएको हो ।

Advertisement

५१ वर्षीय चिलिमा मलावी सेनाको विमानमा सवार थिए । उक्त जहाज स्थानीय समयअनुसार ९ः१७ बजे राडारसँग सम्पर्कविच्छेद भएको बताइएको छ । 

यता, राष्ट्रपति लाजरस चकवेराले सुरक्षाकर्मीलाई खोज तथा उद्धारमा परिचालित हुन निर्देशन दिएका छन् । 

Advertisement

Advertisement