गुरासँ लघुवित्तले माग्यो सहायकदेखि अधिकृतसम्मका पदमा कर्मचारी

Advertisement

काठमाडौं । गुरासँ लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । 

स्थायी पदपूर्तिका लागि कम्पनीले सहायकदेखि अधिकृतस्तरसम्मका पदमा १० जनाभन्दा बढी कर्मचारी माग गरेको हो । 

Advertisement

कम्पनीले कनिष्ठ अधिकृत १, सुपरभाइजर (प्रशिक्षार्थी) ३, वरिष्ठ सहायक ६ तथा केही कनिष्ठ सहायकका लागि आवेदन खुलाएको छ । 

इच्छुक तथा योग्य नेपाली नागरिकले १५ दिनभित्र (२०८१ असार ११ गतेसम्म) दरखास्त दिनुपर्नेछ । 

साथै, दुईपांग्रे सवारीसाधनको लाइसेन्स भएका तथा हिमाली तथा ग्रामीण क्षेत्रका विपन्न वर्गसँग काम गर्न रुचाउने उम्मेदवारलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ । 

undefined

 

Advertisement