कुमारी बैंकले ल्यायो ६ लाख कित्ता शेयर लिलामीमा

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको पाँच लाख ८१ हजार २५१ कित्ता शेयर आज जेठ २९ गतेदेखि लिलामीमा ल्याएको हो ।

Advertisement

यस शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । 

न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको शेयर खरिदका लागि आवेदन दिँदा घटीमा एक लाख कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा असार ४ गते अपरान्ह ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

Advertisement