सुनको मूल्य स्थिर, प्रतितोला १ लाख ४१ हजारमा कारोबार

Advertisement

काठमाडौं । दुई दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । आज मंगलबार पनि आइतबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार र तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपियाँमा कारोबार भइरहेको छ ।  

Advertisement

यता, ,चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ घटेर १८ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement