नागरिकमा बीमा पहुँच बढ्यो, तर बीमाशुल्क आम्दानी भन्दा ६ अर्ब बढी दाबी भुक्तानी !

Advertisement

काठमाडौं । कोशी प्रदेशमा बीमाको पहुँच ४५.१६ प्रतिशत रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले तयार गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था बिषयक एक प्रतिवेदनले यस्तो देखाएको हो । 

नेपालको समग्र बीमा पहुँच ४३ प्रतिशत हाराहारीमा रहेको छ । त्यसमा कोशी प्रदेशमा भने सो बराबरका नागरिक बीमाको पहुँचमा देखिएका हुन् । यो गत फागुन मसान्तसम्मको तथ्यांकमा आधारित छ । 

Advertisement

कोशीमा ४९ लाख ६१ हजार ४१२ जनसंख्या छ । तथ्यांकअनुसार त्यहाँ अहिले १७ लाख ६८ हजार ८९३ वटा जीवन बीमा पोलिसी सक्रिय छ । यसैगरी निर्जीवनतर्फ दुई लाख ७४ हजार १८३ वटा पोलिसी सक्रिय छ । 

null

समीक्षा अवधीमा कोशी प्रदेशमा १५ अर्ब ९२ करोड ६३ लाख १२ हजार रुपियाँ बीमाशुल्क संकलन भएको छ । त्यसमा १३ अर्ब ३७ करोड ५७ लाख ६४ हजार रुपियाँ जीवन बीमाशुल्क रहेको छ । निर्जीवन बीमा तर्फ भने दुई अर्ब ५५ करोड पाँच लाख ४७ हजार रुपियाँ बीमाशुल्क संकलन भएको प्रतिवेदनमा उल्लेख छ । 

समीक्षा अवधीमा कोशी प्रदेशमा बीमाशुल्क आर्जन भन्दा दावी भुक्तानी बढी भएको छ । बीमाशुल्कको तुलनामा दावी भुक्तानी पाँच अर्ब ७३ करोड १६ लाख १४ हजार रुपियाँ बढी देखिएको छ । 

तथ्यांकअनुसार समिक्षा अवधीमा कोशीमा २१ अर्ब ६५ करोड ७९ लाख २७ हजार रुपियाँ दावी भुक्तानी भएको छ । त्यसमा जीवन बीमा तर्फ १८ अर्ब ७९ करोड ३१ लाख ४१ हजार रुपियाँ र निर्जीव तर्फ दुई अर्ब ८६ करोड ४७ लाख ८५ हजार रुपियाँ दावी भुक्तानी भएको छ । 

दुबैं प्रकारको बीमा कारोबारमा बीमाशुल्क संकलन भन्दा दावी भुक्तानी बढी देखिएको हो । कोशी प्रदेशमा १४ वटा जिल्ला छन् । ति सबैमा जीवन तथा निर्जीवन बीमा कम्पनीको शाखा स्थापना भएको प्रतिवेदनमा उल्लेख छ । 

 

undefined

Advertisement