कांग्रेस साँसदको कम्युनिष्टहरुलाई प्रश्न– सामयवादी हुँ भन्ने पुँजीवादी बजेट ल्याउने ?

परम्परागत बीउहरु मासिँदै गएको छ, आयातित हाइब्रिड बीउमा भर पर्नुपर्ने भएको छः गौतम

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धि कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने बताएका छन् । 

मंगलवार संसदमा उनले समाजवाद उन्मुख भन्नेहरुले पनि पुँजीवाद उन्मुख भएर कृषि सम्बन्धि कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्दै त्यसले साना किसानको हितमा काम गर्न नसक्ने बताए । 

Advertisement

गौतमले नेपाललाई किसानहरुको देशको रुपमा विकास गर्ने गरी नीति, कार्यक्रम र बजेट ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले शहरै शहरको परिकल्पना गरेर र ठूलो किसान तथा व्यापारीहरुको हित हेरेर मुलुकमा कृषि क्रान्ति हुन नसक्ने पनि बताए । 

सांसद गौतमले भने, ‘भन्नलाई साम्यवादी भन्नुहुन्छ । समाजवाद उन्मुख भन्नु हुन्छ । यो कृषिको कार्यक्रम त पूँजीवाद उन्मुख छ । कहाँबाट यो समाजवादतिर उन्मुख छ ? यसले त ठूलो किसानहरुलाई मात्रै ध्यान दिन्छ । व्यापारीहरुलाई मात्रै ध्यान दिन्छ । यसले फेरी समृद्धिको यात्रा तय गर्दैन । त्यसकारण यसमा मेरो घोर असहमती छ । मेरो विज्ञहरुसँग आग्रह छ । नेपाललाई किसानको देश बनाऔं । यसलाई गाउँको देश बनाऔ । सहरै सहरको परिकल्पना नगरौँ । ’

उनले भन्ने बेलामा समाजबाद भन्ने अनि बजेट पूँजीवादी ल्याउने काम सरकारले गरेकाले त्यसमा आफ्नो असहमती रहेको बताए । गौतमले कृषिसम्वन्धी अनुदान दलका कार्यकर्ताले खाने गरेको बताउँदै हाम्रा परम्परागत बीउहरु मासिँदै गएको, आयातित हाइब्रिड बीउमा भर पर्नुपर्ने भएको बताए ।  

Advertisement

Advertisement