शेयर बजारमा उछालः नेप्से पुनः २१ सय अंकमाथि, साढे ५ अर्ब नाघ्यो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा नेप्से पुनः २१ सय अंक माथि पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३३.१५ अंकले बढेको हो । १.५९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २११५.२४ अंकमा उक्लिएको छ । 

Advertisement

बजार उछाल आउँदा सबै समूहमा हरियाली छाएको छ । जलविद्युत समूह सबैभन्दा बढी २.५८ प्रतिशतले बढेको हो । 

undefined

आज ३११ कम्पनीका १ करोड २६ लाख ६५ हजार ३ सय २९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ ह्जार ७ सय ३९.०६ रुपियाँ बराबरको कारोबार भएको हो । 

विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ ।

विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । बरुण हाइड्रो, ग्रीन भेञ्चर लिमिटेड, कुथेली बुखरी हाइड्रो र भगवती हाइड्रोका लगानीकर्ताहरुले १० प्रतिशतले नाफा कमाउँदा अपर हेवाखोला हाइड्रोका लगानीकर्ताहरुले ९.९८ प्रतिशतले नाफा कमाएका छन् । 

undefined

त्यसैगरी सामलिङ पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८१ प्रतिशतले घाटा व्यहोरका छन् । 

आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३६ करोड ३० लाख ९२ हजार ९ सय १०.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

बजार उछाल आउँदा सबै समूहमा हरियाली छाएको छ ।

साताको पहिलो दिन आइतबार बजार ४.५९ प्रतिशतले घट्दा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५ सय २२.४४ रुपियाँ र हिजो सोमबार ८.९० अंकले बजार बढ्दा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७ सय ८२.२८ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement