यस वर्ष फेरी लगानी सम्मेलन गर्ने तयारीमा सरकार

Advertisement

काठमाडौं । सन् २०१७ मा गरिएको लगानी सम्मेलनबाट प्राप्त लगानीका प्रतिवद्धताहरु कार्यान्वयन नभएको अवस्थामा सरकारले यस वर्ष पुनः अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरेको छ ।

सरकारले फेरी लगानी सम्मेलन गर्न लागेको कुरा अर्थमन्त्री डा. युवराज खतिवडाले खुलासा गरेका हुन् । खतिवडाका अनुसार आगामी मार्च २९ र ३० मा गर्नेगरी सरकारले तयारी थालेको छ ।

यसअघि सन् २०१७ मा आयोजना गरिएको लगानी सम्मेलनमा भारतलगायत विभिन्न मुलुकले १३ अर्ब ७४ करोड अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता जनाएका थिए । यद्दपी प्रतिवद्धता अनुरुपको लगानी आउन भने आउन सकेको छैन् ।।

लगानी बोर्डका अध्यक्ष प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलन आयोजनाका लागि अर्थमन्त्री युवराज खतिवडा संयोजकत्वमा ११ सदस्यीय लगानी परामर्श समिति गठन गरेको थियो । समितिले बोर्डको गतिविधिलाई बलियो बनाउन समेत सघाउने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement