मलेसियाको रोजगारी सुचारु गर्न माग गर्दै वैदेशिक रोजगार व्यवसायीले संसदीय समिति गुहारे

Advertisement

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले मलेसियाको रोजगारी सुचारु गर्न माग गर्दै संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उजुरी गरेका छन् । मलेसियासँग द्धिपक्षीय श्रम सम्झौता भएको दुई महिना भइसक्दा पनि कामदार नपठाइएको उनीहरुको गुनासो छ ।

मलेसिया कामदार पठाउने विषयमा कुरा गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले नै आनाकानी गरेको भन्दै मन्त्रीकै कारण हजारौं युवाहरुको करोडौं रुपियाँ डुब्ने अवस्था सिर्जना भएको बताएका छन् । सम्झौता भएपछि पनि मलेसिया कामदार पठाउने विषयमा मन्त्रालय उदासिन भएको भन्दै वैदेशिक रोजगार व्यवसायी सघका अध्यक्ष रोहन गुरुङ बाध्य भएर संसदीय समितिलाई गुहार्नु परेको बताए ।

विना कारण मन्त्रीले मलेसिया कामदार पठाउन अडकाउने काम गरेको व्यवसायीको भनाई छ । उनीहरुले मन्त्रीले व्यक्ति कुण्ठा पालेर राज्यको प्रक्रियालाई नै अवरुद्ध गर्ने काम गलत हो भन्दै तत्काल मलेसिया रोजगारी सुरु नभए त्यहाँको रोजगारी सधैंका लागि गुम्ने संभावना रहेको बताए ।

संघका अनुसार मलेसिया रोजगारी सुरु नहुँदा त्यहाँ जाने तयारीमा रहेका सयौं युवाहरुको ३० करोड रुपियाँ गुमेको छ । मन्त्रालयको निर्णयअनुसार कलिङ भिसा प्राप्त गरेका कम्तीमा १० हजार युवा मलेसिया जान नपाएको गुरुङको भनाई छ ।

श्रम सम्झौतापछि मात्रै मलेसिया रोजगारी सुरु हुने बताउँदै आएका श्रम मन्त्री र मन्त्रालयका अधिकारीहरु हिजो आज मौन छन् । उनीहरुले रोजगारी सुचारु नगर्नुको कारण समेत अहिलेसम्म बताएका छैनन् ।

Advertisement

Advertisement

Advertisement