१९ जलविद्युत आयोजनामा जनताको लगानी १ खर्ब ६० करोड रुपियाँ

Advertisement

काठमाडौं। नेपाल सरकारले जनताको लगानी अन्तर्गत १९ वटा जलविद्युत आयोजना बनाउने भएको छ । प्रदेश नम्बर १ मा १ हजार ७ सय ५१ मेगावाटका ६ वटा आयोजनामा जनताको लगानी ५१ अर्ब ४७ करोड रुपियाँको हुने छ । प्रदेश २ मा भने कुनैपनि जलविद्युत आयोजना निर्माण नहुने भएको छ ।

प्रदेश ३ मा जनताले २ वटा अयोजनामा ३ अर्ब ५१ करोड रुपियाँ लगानी गर्न पाउने भएका छन् । यो प्रदेशमा २ वटा आयोजना जनताको लगानीमा बनाइने घोषणा सरकारले गरेको छ ।

गण्डकी प्रदेशमा भने चार वटा अयोजना जनताको लगानीमा बन्ने भएको छ । जसमध्ये जनताले ४ सय ७५ मेगावाटको विद्युत उत्पादनका लागि १३ अर्ब ९६ करोड रुपियाँ लगानी गर्नुपर्ने छ ।

प्रदेश पाँचमा भेरी बबई डाएभर्सनमा जनताले १४ करोड ११ लाख रुपियाँ लगानी गर्न पाउने भएका छन् । यो आयोजना ४८ मेगावाटको हुने छ ।

कर्णाली प्रदेशमा भने सरकारले ६ सय ४९ मेगावाटको ३ वटा जलविद्युत आयोजना जनताको लगानीमा बनाउने भएको छ । तीनवटै आयोजनामा सरकारले जनताको लगानी १९ अर्ब ८ करोड रुपियाँ हुने जनाएको छ ।

त्यस्तै, सुदुरपश्चिम प्रदेशमा सरकारले ४ सय २३ मेगावाटका ३ वटा अयोजना जनताको लगानीमा बनाउने भएको छ । सरकारले यी आयोजना बनाउन १२ अर्ब ४३ करोड ६२ लाख रुपियाँ जनताबाट उठाउने भएको छ ।

Advertisement

Advertisement

Advertisement