युनिभर्सलको आइपीओमा दश हजार कित्तासम्म आवेदन दिनेलाई ३५० कित्ता पर्यो

Advertisement

काठमाडौं।  युनिभर्सल पावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट भएको छ ।  आइपीओमा कुल ९२ लाख ४५ हजार दुई सय ९० कित्ताका लागि आवेदन परेको छ । जसमा एक लाख पाँच हजार एक सय १९ जनाले विधिपूर्वक आवेदन दिएका छन् भने  ४० जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले  माघ २५ गतेदेखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री खुल्ला गरेको आइपीओमा १५ सय कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिएकाहरुले १३ सय ५० कित्ताका दरले सेयर पाएका छन् भने ५० देखि १३ सय कित्तासम्म आवेदन दिने सबैले माग अनुसार सेयर पाएको  सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

यसरी बाँडफाँट गर्दा बाँकी रहेको १५ सय ७० कित्ता सेयर भने १५ सयदेखि १० हजार कित्तासम्म आवेदन दिएकामध्ये एक सय ५७ जनालाई १० कित्ताको दरले थप गरिएको छ ।

Advertisement

Advertisement