काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) मा हाल घरेलु कामदारको रुपमा कार्यरत रही बिदामा घर फर्केका नेपालीलाई पुनः सोही रोजगारदाताकोमा फर्कन चाहानेहरुका लागि पुनः श्रम स्वीकृतिको सिफारिस दिने भएको छ । मन्त्रालयको २०७६।०५।१७ गते भएको बैठकले उक्त निर्णय गरेको हो ।
यसको प्रकृयाका लागि कामदारले आफनो आवश्यक कागजातहरु सुरक्षित राखि पेश गर्नुपर्ने नेपाली राजदूतावास, अबुधाबीले जारी गरेको सूचनामा उल्लेख छ ।