आगामी माघ तीन देखि पाँच सम्म 'नेपाल विल्डटेक एक्स्पो २०२०' हुने

Advertisement

काठमाडौं । आगामी माघ तीन देखि पाँच गतेसम्म भक्तपुरको सल्लाघारीमा अन्तराष्ट्रियस्तरको 'नेपाल विल्डटेक एक्स्पो २०२०'हुने भएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र इन्नो रेग इन्डियाको संयुक्त आयोजनामा उक्त एक्स्पो हुन लागेको हो । सोहि एक्स्पोसंगै निर्माण व्यवसायी महासंघको २१ औं साधारणसभा पनि गर्न लागिएकोले एक्स्पोमा २ हजार भन्दा बढी निर्माण व्यवसायीको सहभागिता हुने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

एक कार्यक्रमका विच नेपाल निर्माण व्यवसायी महासंघ र भारतको इन्नो रेग इन्डिया कम्पनी विच समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ । निर्माण क्षेत्रमा चासो राख्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनी तथा निर्माण व्यवसायीहरुलाई विश्व बजारमा आएका नयाँ नयाँ निर्माण उपकरण बारे अवगत गराउन एक्स्पोले सघाउ पुर्याउने आयोजकले जनाएको छ।

एक्स्पो मार्फत सरोकारवाला विचको द्रिपक्षीय तथा बहुपक्षिय सम्बन्ध सहित व्यापार, लगानीको बाताबारण र व्यापारिक सम्बन्ध समेत अझ प्रगाढ हुने महासंघले ठहर गरेको छ । एक्स्पोमा निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचर सहित समग्र निर्माण उद्योग र प्रविधिसंग सम्बन्धित १ सय ६० भन्दा बढी प्रदशनी कक्षहरु रहने आयोजकले जानकारी दिएको छ।

तीन दिनसम्म चल्ने एक्स्पोमा १० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

Advertisement

Advertisement