नेबिकोको सुगर फ्रि ‘डाइजेष्टिभ बिस्कुट' अब ‘गिफ्ट फ्यामिली प्याक’मा

Advertisement

काठमाडौं । विगत ५५ बर्षदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री गर्दै आएको कम्पनी नेबिको प्रालिले सुगर फ्रि डाइजेष्टिभ गिफ्ट फ्यामिली प्याकमा बजारमा ल्याएको छ । नेबिको नेपालकै ठूलो बिस्कुट उत्पादन गर्ने कम्पनीको रुपमा रहेको छ ।

कम्पनीको सुगर फ्रि डाइजेष्टिभ बिस्कुट लोकप्रिय उत्पादन हो । विगत छ बर्षदेखि उपभोक्तामाझ बिक्री हुँदै आएको यो बिस्कुट उपभोक्ताको चाहना र समयसापेक्षिक गुणस्तरलाई ध्यानमा राखेर गिफ्ट फ्यामिली प्याकमा बनाइएको जनाइएको छ ।

साथै, उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउन नयाँ प्याकेजिङ मटेरियल प्रयोग गरिएको जनाउँदै नेबिकोले बिदेशबाट आयातित यो एटीसी (एयर टाइट कार्बन)मा प्याकेजिङ गरिएको यो बिस्कुट ३६० ग्राम र दुई सय रुपियाँ मूल्यमा बजारमा ल्याइएको जनाएको छ ।

फ्यामिली प्याकभित्र १० वटा साना भिन्दाभिन्दै प्याक भएको हुनाले ग्राहकले खरिद गरेपछि तुरुन्त खपत गर्नुपर्ने बाध्यता रहँदैन् । साथै, प्याकेट खोल्दा पनि बिस्कुटको गुणस्तरमा कुनै कमी नहुने कम्पनीको भनाई छ ।

अरु विदेशी विस्कुटको तुलनामा गुणस्तरीय र सुपथ मूल्यमा खरिद गर्न सकिने गिफ्ट फ्यामिली प्याकयुक्त डाइजेष्टिभ बिस्कुटले उपभोक्ताको पाचन प्रणालीको सहजीकरण, तौल नियन्त्रण तथा सन्तुलन एवं मधुमेश भएका तथा नभएका उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी कोलिस्ट्रोलरहित उत्कृष्ट स्वादमा उपलब्ध गराइएको नेबिको भनाई छ ।

मानव स्वास्थ्यमा उपभोक्ताहरुले निर्धक्क भई यो बिस्कुट प्रयोग गर्न सक्ने कम्पनीको भनाई छ । नेपाली उपभोक्ताको मन जित्न सफल भएको स्वदेशी उत्पादन नेबिकोले नेपाल गुणस्तर चिन्ह तथा आईएसओ ९००१ः२००८ क्वालिटी म्यानेजमेन्ट सिस्टमको सर्टिफिकेट लिएको छ ।

Advertisement

Advertisement

Advertisement