मनकामना केबुलकार वार्षिकोत्सवको अवसरमा उपहार योजना

Advertisement

काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले आफ्नो २१औं वार्षिकोत्सबको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ । एक महिना अवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जानकारी गराएको छ ।

उक्त योजना अनुसार पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजी स्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल रहेको छ । कम्पनीले आफ्ना यात्रुलाई सम्मान गर्ने उद्देश्यले यो उपहार योजना ल्याएको हो ।

यहि कात्तिक ७ गते देखि सुरु भएको यो योजना मंसिर ७ गतेसम्म लागु हुनेछ । कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको बिशेष अवसरमा लक्की ड्रमार्फत विजेता घोषणा गर्नेछ ।

यस योजना चितवनको इसमूहका कर्मचारी र कर्मचारीका परिवार, विदेशी नागरिक, स्थानीय वासिन्दा र बालबालिकाको टिकटमा भने लागु नहुने कम्पनीले जनाएको छ । मनकामना दर्शनार्थीलाई लक्षित गरी चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म सञ्चालित यस केबुलकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत योगदान पुर्याउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement