युनिग्लोव कलेजमा ‘कर्पोरेट प्लेसमेन्ट’ मेला, झण्डै दु्ई दर्जन कर्पोरेट हाउस सहभागी

Advertisement

काठमाडौं । नयाँ बानेश्वरस्थित युनिग्लोव कलेज परिसरमा शुक्रबार कर्पोरेट प्लेसमेन्ट मेला आयोजना गरियो । विभिन्न संघसंस्थाको उपस्थितिमा उक्त मेला सम्पन्न भएको हो ।

कार्यक्रममा व्यवस्थापन संकायका एमवीए (फाइनान्स), एमवीए, वीवीए र वीवीए–वीआई कार्यक्रमका हालै उत्रिर्ण छात्रछात्रा गरी सय जना सहभागी थिए । कार्यक्रममा स्टाण्डर्ड चार्टर्ड बैंक, एनआइसी एशिया बैंक, शंकर ग्रुप, मोरङ अटोवर्कस्, सानिमा लाईफ इन्स्योरेन्स, सिटिजन लाईफ इन्स्योरेन्स, शिखर अर्गनाइजेशन, सिप्रदी टे«डिङ, गोल्याण ग्रुप, एनआइसी एशिया क्यापिटल, ई–सेवा, होङ्गफु कम्युनिकेशन, मिरा वायोटेक, ओदत फुड्स एण्ड वेभरेज, क्लासिक–टेक, ओयो रुम्स, ओप्पो मोवाईल, स्किल बेस्ट, सिई कन्सट्रक्सनलगायत २१ वटा कम्पनी सहभागी रहेको कलेजले जनाएको छ ।

उद्घाटनका क्रममा युनिग्लोव कलेजका प्रबन्ध निर्देशक तथा प्राचार्य डा. नरबहादुर विष्टले युनिग्लोव कलेजका विद्यार्थीहरुले व्यवस्थापन अध्ययनसँगसँगै बजारको मागबमोजिम बहुआयामिक शिक्षा हासिल गरेकाले यस्तो अवसरले उनीहरुलाई आफ्नो गन्तव्यमा पुर्याउन सहयोग पुग्ने बताए ।

कलेजका शैक्षिक निर्देशक प्राडा राधेश्याम प्रधानले कर्पोरेट प्लेसमेन्ट जस्ता मेलाले विद्यार्थीहरुको भविष्य उज्ववल बनाउने बताउँदै युनिग्लोव कलेजका विद्यार्थीहरुको गुणस्तर र क्षमता अब्बल हुने बताए । कलेजका कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले युनिग्लोवले विद्यार्थीहरुलाई बजारको मागबमोजिम विशिष्ट शिक्षा र प्रयोगात्मक अभ्यास गराउँदै दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए ।

कलेजका प्रचार्य विष्टका अनुसार युनिग्लोव कलेजबाट अध्ययनपछि विद्यार्थीहरुले बढीमा दुईदेखि तीन महिना भित्रमा आफूले रोजेको र खोजेको क्षेत्र तथा स्थानमा रोजगार प्राप्त गर्ने गरेका छन् । साथै युनिग्लोवका ग्राजुयट विद्यार्थीहरुमध्ये कम्तिमा १० प्रतिशतले आफ्नै व्यापार, व्यवसाय सुरु गर्ने गरेको बताए ।

Advertisement

Advertisement

Advertisement