देवः विकास बैंकको नयाँ शाखा विस्तार नवलपरसीको कावासोती र धादिङवेशीमा

Advertisement

काठमाडौं । देवःविकास बैकले नवलपरसीको कावासोती नगरपालिका वडा नं २ कावासोती र नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङवेशीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले ग्राहकको आवश्यक्तालाई ध्यानमा राखेर उक्त शाखा संचालनमा ल्याएको हो ।

बुधबार कावासोती र विहिबार धादिङवेशीमा एक कार्यक्रमको आयोजना गरि नयाँ शाखाहरुको उद्घाटन गरिएको छ । देवः विकास बैकको नयाँ शाखाको उद्घाटन गदै बैंक संचालक समितिका सदस्य सुदन रत्न बज्राचार्यले कावासोती नगरपालिका र बैंक संचालक समितिका सदस्य विजय राज शर्मा भुषालले बैकिङ क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहको बताए ।

कार्यक्रममा देवःविकास बैकका संचालक सुदन रत्न बज्राचार्यूले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी स्थानीयसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस क्षेत्रमा थप शाखा संचालनमा ल्याएको बताए । त्यस्तै गरि बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन बैकिङ सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्दिकृत गरी स्थानीयस्तरमा उद्यमशीलताको विकास र आर्थिक अभिबृद्धि गर्नका लागि सहकार्य गरिने प्रतिवद्धता जनाए ।

नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष, डासुराम पोखरेलले देवः विकास बैंक, नवलपुर जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढाएकोमा शुभकामना व्यक्त गर्दै उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित गर्न सुझाव दिए ।

Advertisement

Advertisement