साधना लघुवित्तको साधारण सभा पुस १२ गते, आईपीओ र हकप्रद शेयरको प्रस्ताव पारित गरिने

Advertisement

काठमाडौँ । गोरखामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाको तेश्रो साधारण सभा पुस १२ गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले होटल गोरखा बिसौनीमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम पूँजी संरचनामा प्रस्तावित संसोधनबाट प्राप्त हुने जारी पूँजी रु २१ करोड ७७ लाख ८० हजार मध्ये ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता शेयर सर्वसाधारणलाई(कर्मचारी र सामुहिक लगानी कोष समेत) निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

सर्वसाधारणमा शेयर निष्काशन पछि कायम हुने चुक्ता पूँजी रु. २१ करोड ७७ लाख ८० हजारको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ ।

भविश्यमा अन्य कुनै वित्तीय संस्था प्राप्ति गर्ने वा प्राप्ति हुन जाने(एक्वीजिशन) र कुनै वित्तीय संस्था एक आपसमा गाभ्न/गाभिने (मर्जर) उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिने जनाइएको छ ।

Advertisement

Advertisement