मिस पूर्वाञ्चल २०१९ को तयारी हुँदै, ‘फेस अफ डिभाईन’ टाइटल विजेतालाई १५ हजार पुरस्कार प्रदान गरिने

Advertisement

काठमाडौँ । पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित ‘नेपाल आईस मिस पूर्वाञ्चलको २०१९’ तयारी भइरहेको छ । पुस ५ गते धरानमा आयोजना हुने यस प्रतियोगीतामा सहभागी प्रतिस्प्रधिहरु मध्येको सबैभन्दा बढी फेसबुकमा लाईक पाउने प्रतिस्प्रधिले ‘फेस अफ डिभाईन’ टाईटल सहित नगद रु. १५ हजार पुरस्कार पाउने छन् ।

मिस पूर्वाञ्चलको दसौं संस्करणमा ‘डिभाईन वाइन’ को उत्पादक ‘श्री महाकाली वाइन प्रालि’ सह–प्रायोजक रहेको छ । गत वर्षको उक्त टाईटल, सबै भन्दा बढी लाईक पाएकी प्रतियोगी ‘आकृति आचार्य’ ले जितेकी थिइन् ।

यो वर्ष मिस पूर्वाञ्चलको दसौं संस्करणमा धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराईली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशि बिसंखे, सिमरन प्रधान, र सिमरन लिम्बु, रतुवामाई–ईटहरीबाट विपना तामाङ्ग, उर्लाबारीबाट मिलिसा श्रेष्ठ, ईटहरीबाट गोमा विश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, र प्रिजनी नेपाल, खोटांगबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई, र रेजिना राई र धनकुटाबाट रेश्मा राई र अन्जु बुढाथोकी गरी जम्मा २१ जना प्रतिस्प्रर्धी रहेका छन् ।

सिल्भर ईन्टरटेन्मेन्ट आयोजक रहेको मिस पूर्वाञ्चल २०१९ मा सबै प्रतिस्प्रधिहरु फिनालेका लागि प्रशिक्षणमा व्यस्त छन् ।

Advertisement

Advertisement

Advertisement