फेसबुक र ट्वीटरलाई नेपालमा दर्ता गराउने कानुन पारित, जथाभावी लेख्नेलाई कारवाही

Advertisement

काठमाडौं । फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ता गराउने सम्बन्धी कानुन संसदीय समितिबाट पास भएको छ ।

संसदको विकास तथा प्रविधि समितिले सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ता हुनुपर्ने प्रावधानसहितको सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
आइतबार बसेको समिति बैठकले बहुमतका आधारमा विधेयकलाई पारित गर्दै संसद पठाउने निर्णय गरेको सभापति कल्याणी खड्काले जानकारी दिईन् ।


विधेयकलाई संसदले पारित गरेर राष्ट्रपतिले लाल मोहर लगाईसकेपछि कार्यान्वयनमा आउनेछ । विधेयक कार्यान्वयनमा आएसँगै फेसबुक, ट्वीटर, युट्युब, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु नेपालमा दर्ता हुनुपर्नेछ । अन्यथा त्यस्ता सञ्जालहरुलाई सरकारले नेपालमा प्रतिबन्ध लगाउन सक्नेछ ।

त्यस्तै, सामाजिक सञ्जालमा जथभावी लेख्नेलाई कारवाहीको व्यवस्था समेत गरिएको छ ।

Advertisement

Advertisement