सिमभञ्ज्याङस्थित पानोरमा रिसोर्टमा बसेका आठ जना भारतीय पर्यटकको मृत्यु

Advertisement

हेटौंडा । मकवानपुरको सिमभञ्ज्याङस्थित पानोरमा रिसोर्टमा बसेका १५ भारतीय पर्यटकमध्ये आठ जनाको मृत्यु भएको छ । अचेत अवस्थामा उद्दार गरी हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनीहरुको मृत्यु भएको जनाइएको छ ।

उनीहरु मंगलबार विहान अचेत अवस्थामा भेटिएका थिए । दुई वटा कोठा बुक गरेर बसेकामध्ये एउटा कोठामा बसेका आठ (चार महिना र चार पुरुष) जना अचेत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरलाई उदृत गर्दै केही मिडियाले ग्यास हिटरको कारण निसास्सियर उनीहरु बेहोस भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल भ्रमण बर्षमा भारतको केरलाबाट नेपाल घुम्न आएका पर्यटकहरुको यति ठूलो क्षतिले भ्रमक्ष बर्षमा नै नकारात्मक असर पर्ने संभावना देखिएको छ । सरकारले भ्रमण बर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement