सातवटै प्रदेशमा एलजीको रोड शो, वासिङ मेसिन र भ्वाईस कमाण्ड टेलिभिजन बारे जानकारी दिईने

Advertisement

काठमाडौँ । घरायशी ईलेक्ट्रोनिक्स सामानहरुमा ख्याती कमाएको सिजी ईलेक्ट्रोनिक्स अन्तरगत रहेको एलजी ब्राण्डले उपभोक्ताहरुको मागलाई मध्यनजर गर्दै रोड शो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

दोस्रो चरणको रोड शो कार्यक्रम अन्तरगत हेटौंडा ४ स्कूलरोडमा माघ २६ गते रोड शो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक भोगेन्द्र चौधरीले जानकारी दिए ।

पश्चिमका जिल्लाहरुमा पहिलो चरणको रोड शो कार्यक्रम सकेर २६ गतेदेखी हेटौंडा हुँदै पूर्वका प्रमुख सहरहरुमा रोड सो कार्यक्रमको आयोजना गर्न लागिएको चौधरीले जानकारी दिए ।

रोड सो कार्यक्रममा एल जी का उत्पादनहरुको बारेमा जानकारी गराउने र उपभोक्ताहरुलाई उक्त सामानहरुको बारेमा जानकारी गराउने उदेश्य रहेको उनले जानकारी दिए ।

रोड सो कार्यक्रममा एलजीको वासिङ मेसिन र भ्वाईस कमाण्ड द्वारा चलाउन सकिने टेलिभिजनको बारेमा पनि जानकारी दिईनेछ । वासिङ मेसिनको प्रयोगको बारेमा पनि रोड सो कार्यक्रममा सिकाईने कार्यक्रम संयोजक चौधरीले जानकारी दिए ।

 

Advertisement

Advertisement