प्रधानमन्त्री अकस्मात अस्पताल भर्ना

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली मंगलबार अपरान्ह अकस्मात अस्पताल भर्ना भएका छन् । अस्वस्थ्य भएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

उनलाई मृगौलाको नियमित डायलासिसका लागि नभई अन्य उपचारका लागि भर्ना गरिएको जनाइएको छ । ओलीलाई मनमोहन सेन्टरको क्याथ ल्याबमा स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ । मृगौला प्रत्यारोपणपछि उनले नियमितरुपमा डायलासिस गर्दै आएका थिए । उनको २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो ।

Advertisement

Advertisement

Advertisement