भ्रष्टहरुलाई पद र पार्टी नहेरी कारवाही गर्न भीम रावलको माग

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले गल्ती गर्ने जोसुकैलाई पद र पार्टी नहेरी कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

संसदको शुन्य समयमा मंगलबार बोल्दै उनले भ्रष्टाचार अन्त्यको लागि सरकार निर्मम हुनुपर्ने बताउँदै भने, ‘अख्तियार कुनै राजनीतिक आडमा चल्न हुँदैन, दोषीलाई नेपालको कानुनबमोजिम कारबाही गर्नुपर्छ ।’

कारवाही गर्दा कुनै व्यक्तिलाई अदालतले निर्दोष ठहर गरेपछि उसलाई दोषी भन्‍न नहुने रावलको भनाई छ । उनले राष्ट्रिय स्वाधिनता, अखण्डतालाई विषयमा ध्यान दिनुपर्ने बताउँदै कोरोना भाइरस कोरियामा समेत फैलन पुगेकाले नेपालमा समेत आउनसक्ने कुरामा सरकारले तदारुकता देखाउनुपर्ने बताए ।

Advertisement

Advertisement