इलाम–२ अपडेटः सूर्यलाई चुनौति दिनेगरी मतान्तर घटाउँदै मुढा, घण्टीको अवस्था निराशाजनक

Advertisement

काठमाडौं । इलाम–२ को जारी मतगणनामा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई बुढा चुनाव चिन्ह पाएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डेकिन्द्रसिंह थेगिमले कडा चुनौति दिने देखिएको छ । 

आधाभन्दा केही बढी मत गणना हुँदा नेम्वाङले १४ हजार ८६६ मत पाएका छन् भने थेगिमले १० हजार ७७ मत पाएका छन् । उनले अग्रता लिएसँगै कांग्रेसका डम्बर खड्का तेस्रो नम्बरमा पुगेका छन् । उनले नौ हजार ७०४ मत पाएका छन् । 

Advertisement

निकै चर्चा र प्रचारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुको भने दयनीय अवस्था देखिएको छ । उनले एक हजार ९३४ मत पाएका छन् । 

पहिचानवादीलाई जिताउन निकै कसरत गर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अझै पनि थेगिमको जितको सभावना रहेको बताएका छन् । उनले अहिलेसम्मको नजिता नराम्रो नरहेको बताएका छन् । 

इलाम–२ मा ६६ हजार मत खसेकाले परिणाम कस्तो पक्षमा जान्छ ? अहिले नै भन्नसक्ने अवस्था छैन् । 

Advertisement

Advertisement