हेरचारमा काठमाडौँ इन्स्टिट्युट अफ टेक्नोलोजीका विद्यार्थीलाई इन्टर्न गर्ने व्यवस्था

Advertisement

काठमाडौँ । काठमाडौँ इन्स्टिट्युट अफ टेक्नोलोजी र हेरचार डटकमबीच सम्झौता भएको छ । सम्झौता पत्रमा हेरचारका तर्फबाट प्रबन्धक उत्सव भट्टराई र काठमाडौँ इन्स्टिट्युट अफ टेक्नोलोजीका तर्फबाट प्रबन्ध निर्देशक सुनिलकुमार चालिसेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार हेरचारले काठमाडौँ इन्स्टिट्युट अफ टेक्नोलोजीका सक्षम र दक्ष बनाउनको लागि इन्टर्नको व्यवस्था गर्नेछ भने काठमाडौँ इन्स्टिट्युट अफ टेक्नोलोजी आइपर्ने मर्मत तथा सम्भार सेवा सम्बन्धी कार्यहरु हेरचारले मार्फत हुनेछ ।

पाँच वर्ष भित्रमा ५०० भन्दा बढी युवाहरुलाई देशमै रोजगारी दिने लक्ष्य लिएर हिडेको हेरचारले दक्ष प्राविधिकहरु उत्पादन गरिरहेको शैक्षिक संस्था काठमाडौँ इन्स्टिट्युट अफ टेक्नोलोजी संगको सम्झौताले थप उर्जा प्रदान गरेको हेरचारका प्रबन्धक भट्टराईले बताए ।

यता, हेरचार जस्तो एक प्रतिष्ठित संस्थामा आफ्ना विद्यार्थीहरुलाई इन्टर्न गराई रोजगारीको बाटो अझ सुनिश्चित गराउन पाउ“दा आफुलाई धेरै खुशी लागेको काठमाडौँ इन्स्टिट्युट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक चालिसेले बताए ।

Advertisement

Advertisement

Advertisement