विश्व व्यापार सम्मेलनमा सकृय सहभागिता जनाएर फक्र्यो परिसंघको टोली

Advertisement

काठमाडौँ । भारतको प्रमुख प्रकाशन टाइम्स् अफ इण्डियाद्वारा फागुन २३ र २४ गते भारतको राजधानी नयाँदिल्लीमा आयोजित विश्व व्यापार सम्मेलनमा भाग लिइ नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल स्वदेश फिर्ता भएको छ ।

उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले गरेका थिए ।सम्मेलनको पहिलो दिनको सत्रमा ‘लघु, साना र मझौला’ उद्योगहरुको महत्व सहित उक्त क्षेत्रको वस्तुस्थिति एवं सम्भावना विषयक कार्यशालमा वरिष्ठ उपाध्यक्ष अग्रवाल र परिसंघ राष्ट्रिय परिषद्का सदस्य राजबहादुर शाहले सकृय सहभागिता जनाए ।

वरिष्ठ उपाध्यक्ष अग्रवालले कार्यक्रममा सहभागि विभिन्न देशका उद्योगी व्यवसायी तथा विज्ञहरुसँग नेपालको निजी क्षेत्रले लघु, साना तथा मझौला उद्योग र ठूला उद्योगको संयोजनबाट उत्पादन तथा वितरण विस्तारमा भइरहेका कार्यहरुबारे धारणाहरु आदान–प्रदान गरे ।

सोहि कार्यक्रममा सहभागि भएका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दूगडले नेपालले समृद्ध देश सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न लघु तथा घरेलु र मझौला उद्योग प्रर्वद्धनलाई राष्ट्रिय महत्वका साथ अघि बढाएको बताए । राज्यमन्त्री दुगडले स्थानीय तहमा समेत उद्योग ग्राम विस्तार गर्दै पूँजी र प्रविधि हस्तान्तरण मार्फत लघु, साना तथा मझौला उद्योगलाई आर्थिक विकासको मूल प्रवाहमा जोड्न विभिन्न कार्यक्रमहरु भइरहेको बताए ।

सोही सम्मेलनको उद्योग ४.० सत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दूगडले अतिकम विकसित देशको रुपमा नेपालका उद्योगहरुलाई प्रविधि हस्तान्तरण तथा रुपान्तरणमा सहयोग आवश्यक रहेको र त्यसमा सघाउन सरकारले प्रयास गरिरहेको बताए । उद्योगहरुको प्रविधिमा पहुँच तथा श्रमिकहरुको दक्षता अभिवृद्धिका लागि समेत सरकार उद्योगी र अन्य साझेदारहरुले मिलेर काम गर्नु पर्ने अवस्था आएको पनि मन्त्री दुगडले उल्लेख गरे ।

दिल्ली भ्रमणको क्रममा राज्यमन्त्री दूगड सहित परिसंघको प्रतिनिधि मण्डलले पीएचडीसीसीआई तथा यस अन्र्तगतको भारत नेपाल सेण्टरसँग पनि छलफल गर्यो । सो छलफलमा नेपाल–भारत बीचमा लगानी विस्तार, व्यापार प्रवद्र्धन एवम् पारवहनका क्षेत्रको विद्यमान वस्तुस्थितिको समिक्षा सहित दुबै देशका सरकार र निजी क्षेत्रका संस्था बीचको सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर तथा सहकार्य बढाउने विषयमा छलफल भयो ।

परिसंघको उक्त प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा परिसंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक राजबहादुर शाह र परिसंघका निर्देशक हिमाल न्यौपाने रहेका थिए ।

Advertisement

Advertisement

Advertisement