चर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने ‘के–वल्ड’ च्यानल सुरु गर्दै डिशहोम

Advertisement

काठमाडौं । विश्व भरिका युवा पुस्तामाझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्तामाझ पनि निकै लोकप्रिय रहेको भन्दै डिशहोम नेटवर्कले नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर आफूहरुले ‘के–वल्ड’ च्यानल सुरु गर्न लागेको बताएको छ ।

के–पप, माई लिटिल बेबी, रिचम्यान, किङ इन द लभ, माल्टिङ हर्ट जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुने जनाइएको छ । यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको भन्दै डिशहोमले डिशहोम गो एपमा पनि यो च्यानल हेर्न सकिने जानकारी दिएको छ ।

कम्पनीले यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement