लकडाउनको बेला पनि पाँच तारा सहकारीले गर्यो रक्तदान कार्यक्रम

Advertisement

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेको विषम परिस्थितिमा पूरानो सिनामंगलस्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६३औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १३औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

विगत १० वर्षदेखि यस अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको पाँच ताराले यस बर्ष कोरोना भाइरसको त्रासका कारण सीमित सदस्यहरुको उपस्थितिका बीच रक्तदान सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भोलानाथ पाठकले रक्त सञ्चार केन्द्रले रगतको अभाव भएकाले संघसंस्थाहरुलाई रक्तदानका लागि आव्हान गरेको हुँदा विषम परिस्थितिका बीच पनि अत्यावश्यक मानवीय सहयोगका लागि रक्तदान कार्यक्रम आयोजना गरेको बताए । यस बर्षको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए । विगतका बर्षहरुमा सरदर १५० ले रक्तदान गर्ने गरेको पाठकले बताए ।

उनका अनुसार स्वयंसेवी रक्तदाताहरुको संगठन ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) र काठमाडौं जिल्ला बचत तथा सहकारी संघ लि। (कास्कुन)को संयोजनमा गत वर्ष ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर गत वर्ष उक्त दिन पाँचताराबाटै बुधबारे रक्तदान कार्यक्रम शुरु गरिएको हो ।

पाँच ताराले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष सहकारी व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम गर्ने गरेको भए पनि यसपटक विषम परिस्थितिका कारण स्थगित गरिएको पाठकले बताए ।

Advertisement

Advertisement

Advertisement