कोरोना कोषमा आयल निगमको ५० करोड सहयोग, हालसम्मकै सर्वाधिक योगदान

Advertisement

काठमाडौं । नेपाल आयल निगमले कोरोना रोकथाम तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बुधबार बसेको सञ्चालक समितिको निर्णय अनुसार संघीय सरकारले खडा गरेको कोरोना कोषमा ५० करोड रुपैयाँ योगदान गरेको बताए ।

निगमले बिहिबार नै ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाईसकेको छ । कोरोना कोषमा हालसम्म सबै भन्दा ठूलो रकम योगदान गर्ने संस्थाका रुपमा निगम नै अग्रपंक्तिमा छ । सरकारले ५० करोड रुपैयाँको कोरोना कोष खडा गरेको थियो । निगमले पनि सरकारले राखेको रकम बराबर नै योगदान गरेको हो ।

Advertisement

Advertisement

Advertisement