सानिमा बैंकका ग्राहकलाई दराज अनलाइनबाट सामान खरिद गर्दा विशेष छुट

Advertisement

काठमाडौँ । सानिमा बैंक लिमिटेड र दराज क्येमू प्रालिबीच अनलाइन सामान खरिदमा विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

दराज अनलाइनमा उल्लेख गरिएकोे र बिग मार्टमा उपलब्ध हुने हरेक सामान अनलाइनबाट अर्डर गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १०% वा अधिकतम रु ५००/- सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै रु १५००/- भन्दा माथिको खरिदमा निःशुल्क होम डेलिभरीको पनि व्यवस्था गरिएको छ ।

यो योजनामा सहभागी हुन सानिमा बैंकका ग्राहकले आउँदो चैत्र २६ गतेसम्म दराज मार्फत् बिग मार्टका सामान अनलाइन खरिद गर्नु पर्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement