स्मार्टडोकोबाट सामान किन्दा १० थान मास्क निःशुल्क

Advertisement

काठमाडौँ । स्मार्टडोकोले लकडाउनको क्रममा किराना र आवश्यक वस्तुहरू डेलिभरी गर्नेछ र सेलपे मार्फत लेनदेन गर्ने प्रत्येक ग्राहकलाई १० पिस मास्क दिने भएको छ ।

हालको विश्वव्यापी स्वास्थ्य संकट कोरोनाभाइरसको महामारी स्थितिमा जहाँ सम्पूर्ण राष्ट्र बन्द छ, स्मार्टडोको एक अनलाइन शपिङ्ग मेगास्टोरले ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु गरिसकेको छ ।

सरकारले विश्वव्यापी स्वास्थ्य संकटको घडीमा घरमै सेल्फ् आइसोलेसनमा बस्न निर्देशन दिएको छ र सर्वसाधारणलाई दैनिक उपभोग गर्ने अत्यवश्यक वस्तुहरु खरिद गर्न पनि असहज भएको जनाएको छ ।

यद्यपि अब व्यक्तिहरूले किराना सामान, बच्चाको सामान, ह्युमिडिफायरहरू, एयर प्यूरिफायरहरू र अन्य आवश्यक वस्तुहरू स्मार्टडोकोबाट सजिलैसँग अर्डर गर्न सक्नेछन् । हाल डिलिभरी काठमाडौं उपत्यका भित्र मात्र रहेकोछ ।

वर्तमान परिस्थिति र दैनिक आधारभूत वस्तुहरूको आवश्यकतालाई ध्यानमा राख्दै, स्मार्टडोकोले “आवश्यक वस्तुहरू बाहेक अरू कुनै पनि सामान बिक्रि वितरण नगर्ने जनाएको छैन । ग्राहकहरूले अफ्नो कम्प्युटर वा ल्यापटप मार्फत स्मार्टडोको डट कम मा लगइन गर्न सक्ने छन् र एन्ड्रोइड वा आईएसओबाट स्मार्टडोको एप्लिकेसन डाउनलोड गरी अर्डर बमोजिम होम डेलिभरीको सुविधा पाउन सक्ने छन् ।

स्मार्टडोको डेलिभरीमा नगद र कार्ड बाहेक सेलपे र ई–सेवा मार्फत कारोबार गर्न मिल्नेछ ।स्मार्टडोको बाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेमा १० थान मास्क निःशुल्क पाउनेछन् ।

Advertisement

Advertisement