२०७६ सम्झाउँने १२ घट्नाः सि जिनपिङदेखि महरा हुँदै ७० करोडसम्म

Advertisement

काठमाडौं । २०७६ साल पनि नेपाल र नेपालीका लागि औषत नै रह्यो । केहि आशा र निराशा दिएर बिदा भएको २०७६ साललाई नेपालीहरुले सम्झिरहने केहि घट्ना भने छाडेर गएको छ । जसमा चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणदेखि सभामुख कृष्ण बहादुर महरा काण्ड, सेक्युरीटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको गोँकुल बास्कोटा काण्डदेखि बालुवाटार जग्गा काण्ड समेत दरिए । यी हुन २०७६ सालका प्रमुख १२ घट्ना जसलाई नेपाली नागरिकहरुले सम्झिरहनेछन् ।

१) चीनका राष्ट्रपति सि जिनपिङले २०७६ असोज २२ र २३ गते नेपाल भ्रमण गरे । चिनियाँ राष्ट्रपतिले २३ वर्षपछि नेपालको भ्रमण गरेका थिए जसमा नेपाललाई दिर्घकालिन लाभ मिल्ने केहि सम्झौताहरु समेत भए ।
२) नेपालले मंसिर १५ देखि २४ गतेसम्म १३ औं दक्षिण एसियाली खेलकुद आयोजना गर्यो । प्रतियोगितामा नेपालले ५१ स्वर्ण, ६० कास्य र ९५ रजत पदक जित्दै दोश्रो स्थान हासिल गर्न सफल भयो । साग आयोजना गरेर नेपालले ठूला प्रतियोगीता सफल रुपमा सञ्चालन गर्न सक्ने सन्देश दिएको थियो ।
३) रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट तेल ल्याउन आरम्भ गरियो । २०७६ साल भदौ २४ गते प्रधानमन्त्री केपी ओली र र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ आफ्नो मुलुकबाटै स्वीच थिचेर पाइपलाइन उद्घाटन गरेका थिए । २०७३ चैत २४ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले पाइपलाइन बिछ्याउने कार्यको संयुक्त शिलान्यास गरेका थिए । ३० महिनाभित्र काम सक्ने सम्झौता भएपनि ८ महिनाअगाडि नै सम्पन्न भएको थियो ।
४) बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले नेकपा नेता नारायणकाजी श्रेष्ठलाई कमिसन काण्डमा मुछ्ने प्रयास गरेका थिए । बी एण्ड सी मेडिकल कलेजलाई लाइसेन्स दिलाउन शिक्षा मन्त्री गिरिराज मणी पोखरेल र नेकपा सचिवालय सदस्य श्रेष्ठलाई समेत पैसा बुझाउनुपर्न भन्दै आफुसँग २० करोड मागिएको आरोप उनले लगाएका थिए ।
५) सरकार(खासरगरि तत्कालिन सञ्चार मन्त्री गोँकुल बास्कोटा) र उद्योगपति बिनोद चौधरी बीच सिजी टेलिकम युनिफाइड लाइसेन्स प्रकरणबारे वाकयुद्ध चलेको थियाो । जसमा तत्कालिन मन्त्री बास्कोटाले चौधरीको सम्पति छानविन गर्ने चेतावनी समेत दिएका थिए भने बिनाद चौधरीले सरकारले अफवाह फैलाएको आरोप लगाएका थिए ।
६) ७० करोड कमिसन काण्डमा तत्कालिन सञ्चार मन्त्री गोँकुल बास्कोटाद्धारा पदबाट राजीनामा गरे । उनले सेक्युरीटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीको एजेन्ट दावी गर्ने विजय प्रकाश मिश्रले ७० करोड कमिसनको अडियो सार्वजनिक गरेपछि मन्त्री बास्कोटाले राजीनामा दिएका थिए ।
७) महरा काण्डः तत्कालिन सभामुख कृष्ण बहादुर महरालाई संसद सचिवालयमा कार्यरत रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाइन् । असोज १२ गते बलात्कार प्रयास गरेको आरोप लाका महरा १९ गते पक्राउ परे । महरा विरुद्धको अभियोगमा प्रमाण नपुगेको भन्दै अदालतले उनलाई रिहा गरिसकेको छ ।
८) बालुवाटार काण्डः ललिता निवास अर्थात बालुवाटारको करिब ३ सय रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरिएको प्रकरणले पनि २०७६ सालमा महत्व पायो । बालुवाटार प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलगायत ११० जनाविरुद्ध बिशेष अदालतमा मुद्धा दायर भएको छ । अख्तियारले माघ २२ गते ११० जना विरुद्ध मुद्धा दर्ता गरेपनि नेकपा महासचिव विष्णु पौडेललाई सफाई दिएको भन्दै आलोचना भैरहेको छ ।
९) नक्सा काण्डः भारतले जम्बु कस्मिरलाई दिएको बिशेष दर्जा खारेज गर्दै नयाँ राजनीतिक नक्सा प्रकाशित गर्यो । सो नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरालाई समेटिएको भन्दै नेपालमा व्यापक बिराध भयो । सरकारले सर्वदलिय बैठक राखेरै भारतलाई पत्र लेखेर नक्सा सच्याउन आग्रह गरेको थियो ।
१०) आलम काण्डः २०६४ साालको संबिधान सभा निर्वाचनका क्रममा २८ जना कार्यकतालाई इँटा भट्टाको चिम्नीमा हालेर मारेको आरोपमा प्रहरीले काँग्रेस नेता तथा सांसद अफताफ आलमलाई पक्राउ गरेर मुद्धा दायर गरेको छ । उनी हाल पुर्पक्षका लागि थुनामा छन् ।
११) प्रधानमन्त्रीको केपी ओलीले यहि वर्ष दोश्रो पटक मृगौला प्रत्यारोपण गराए । उनलाई भाञ्जी नाता पर्ने प्रतिक्षा ज्ञवालीले मृगौला दिएकी थिइन् । ओलीले टिचिङ अस्पतालमा मृगौला प्रत्यारोपण गराएका हुन् ।
१२) कोरोना काण्डः सरकारले कारोना भाइरसको रोकथााम तथा नियन्त्रणका लागि औषधी तथा स्वास्थ्य उपकरण खरिद गर्ने जिम्मा ओम्नी ग्रुपलाई दिएको थियो । व्यापक अनियमितताको आरोप लागेपछि स्वास्थ्य सेवा विभागले नै प्रतिवद्धता अनुसारको सामग्री आपुर्ति गर्न नसकेको भन्दै ठेक्का सम्झौता रद्ध गरेको थियो ।

Advertisement

Advertisement

Advertisement