राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा. शिवहरि श्रेष्ठ नियुक्त

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सीईओमा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । 

सञ्चालक समितिको आज बसेको बैठकले काठमाडौं महानगरपालिका ९ निवासी श्रेष्ठलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव डा. सिर्जना पन्तले बताइन् ।  

Advertisement

सीईओ पदका लागि नारायणकुमार भट्टराई, डा. शिवहरी श्रेष्ठ, सुरेन्द्र थापा र सुवास कोईरलाको शर्ट लिस्ट भएको थियो । 

उम्मेदवारहरुको व्यवसायिक योजनाको प्रस्तुतीकरण बैशाख १२ गते र बैशाख १३ गते अन्तरवार्ता सम्पन्न भएपछि श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय भएको हो । 

कम्पनीले सीईओ पदपुर्तिका लागि गत माघ २४ गते दरखास्त आह्वान गरेको थियो । त्यसमा ९ जनाले आवेदन दिएका थिए । 
 

Advertisement