लकडाउन अवधिको बैंकको ब्याज मिनाहा गर्न मदिरा व्यवसायीको माग (विज्ञप्ति सहित)

Advertisement

काठमाडौँ । नेपाल मदिरा व्यवसायी महासंघले लकडाउन अवधिमा व्यवसाय बन्द भएकोले बैंकको ब्याज मिनाहा गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष सोनाम शेर्पा र महासचिव तारानाथ ढुंगानाले आज विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन् ।

बिजुलीको महशुल मिनाहा गर्न, बीमा प्रिमियममा ५० प्रतिशत छुट, घर बहालमा छुट लयायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्यवसाय र व्यवसायीलाई परेको समस्याको उचित सम्बोधन गर्न समेत विज्ञप्ति मार्फत माग गरिएको छ ।

Advertisement

Advertisement

Advertisement