आज धान रोप्दै दही चिउरा खाने दिन

Advertisement

काठमाडौँ । आज असार १५ अर्थात सरकारले घोषणा गरेको धान दिवस । आज विशेषगरी रोपाईंमा सहभागी भएर दही चिउरा खाने दिन । हुन त हिजोआज रोपाईं नगर्नेहरुले पनि दही चिउरा खाएर असार १५ मनाउने चलन बढेर गएको छ ।

मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा परिचित असार १५ मा पहिला पहिला गाउँमा ठूलाबडाहरुले खसी काट्ने पञ्चे बाजा बजाउने, नाचगान गरेर रोपाईं गर्ने चलन थियो । पछिल्लो दिनमा त्यो खालको चलन हटेर गएको छ । यद्यपि किसानले दही चिउरा खाएर असारे भाकाको गीत गाउने र हिलो छ्याप्ने चलन भने अझै पनि देखिन्छ ।

वैद्यराज सुवर्ण वैद्यकाअनुसार दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवद्र्धक हुन्छ ।

Advertisement

Advertisement

Advertisement