बालुवाटार जग्गा अनियमितता प्रकरणः पूर्वमन्त्री जोशीलाई साधारण तारेखमा छोड्न आदेश

Advertisement

काठमाडौँ । बहुचर्चित बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई साधारण तारेखमा छोड्न विशेष अदालतले आदेश दिएको छ । 

ललिता निवासको सरकारी जग्गा अनियमिततामा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीसहित १७५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकोमा विशेष अदालतले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । 

Advertisement

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दा लागेका उनलाई विशेष अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र बोलेन्द्र रुपाखेतीको इजलासले साधारण तारेखमा छोड्ने आदेश दिएको छ । जोशी आफै अदालत उपस्थित भएका थिए । छोटो समयका लागि भूमिसुधारमन्त्री भएका जोशीका पालामा पनि बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पास गर्ने काम भएको थियो । 

ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका उपसभापति विजय गच्छदारसहितका चर्चित अनुहारहरुविरुद्ध मुद्दा हालिएको छ भने उक्त प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र बाबुराम भट्टराईलाई भने अख्तियारले मुद्दा हाल्ने आँट गरेको छैन् ।

Advertisement

Advertisement